रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु

Posted on: 11 Jul, 2024

असार २७, काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार चट्याङ लागेर मौलापुर– ८ सोनरनियाकी ५५ वर्षीय धरोहरी देवीको मृत्यु भएको हो ।

खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् । 

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लागिएको डीएसपी गिरीले बताइन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!