करण जोहर भन्छन् – म लामो समयदेखि सिंगल छु तर, पार्टनरको आवश्यकता छैन

Posted on: 11 Jul, 2024

असार २७, काठमाडौँ । बलिउड फिल्म निर्माता करण जोहरले हालै आफ्नो सम्बन्धको बारेमा खुलासा गरेका छन् । उनले लामो समयदेखि सिंगल रहेको र सिंगल हुँदा पनि रमाइलो गरिरहेको बताए । अहिले आफूले साथी नखोजेको उनी बताउँछन् ।

करणले ४० वर्षको उमेरसम्म पार्टनर खोजेको बताए । तर, अहिले ५० वर्षको उमेरमा पनि उनलाई साथीको अभाव महसुस नभएको उनको भनाइ छ ।


फाए डिसुजाको च्याट शोमा करणले आफू एकपटक रिलेशनशिपमा भएको खुलासा पनि गरेका थिए ।

उनले भनेका छन्, ‘अहिले सिंगल छु र लामो समयदेखि कुनै पनि सम्बन्धमा छैन । वास्तवमा म मेरो सम्पूर्ण जीवनमा केवल एक पटकमा सम्बन्धमा थिएँ । म भन्न सक्दिन कि म मेरो एकल स्थितिमा कति आनन्द लिन्छु । मलाई लाग्दैन कि म यसलाई अहिले परिवर्तन गर्न सक्छु ।’

करणले थप भने, ‘अब ५० वर्षको उमेरमा पार्टनरको आवश्यकता छैन, जब म ४० वर्षको थिएँ, मलाई साथीको अभाव महसुस हुन्थ्यो । तर, ५० वर्ष पुगेपछि यो कमी महसुस हुँदैन । म यसलाई रोकिरहेको छैन, तर म यो भइरहेको देख्दिनँ । म धेरै एजेन्सीहरूमा गएको छु, ब्लाइन्ड डेटहरूमा गएको छु र विदेशमा धेरै मानिसहरूलाई भेटेको छु । यति धेरै गरेपछि पनि राम्रो पार्टनर पाउन सकिन, त्यसैले अब आवश्यक पनि लाग्दैन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!