सोह्रखुट्टेमा सडक भासियो

Posted on: 03 Jul, 2024

असार १९, काठमाडौँ । काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । बुधबार बिहान करिब ५: ३० बजे ठुलो आवाजका साथ सडक भासिएर पानी निस्किएको छ ।


बुधवार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा ११ फिट गहिरो थियो र सो खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । बिहानै परेको खाल्डोमा मोटरसाइकल खसेको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ । बाइकलाई क्रेनको मद्दतले बाहिर निकालिएको छ ।

जुद्ध समसेरको पालामा गाडिएको खानेपानीको पाइपबाट पानी आएको आशङ्का गरिए पनि पानी बन्द गर्दा समेत उक्त खाल्डोबाट पानी आउन बन्द भएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!