नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध

Posted on: 02 Jul, 2024

असार १८, चितवन । नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ ।

सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।


दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!