१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने ५८ वर्षीय शिक्षक पक्राउ

Posted on: 01 Jul, 2024

असार १७, खोटाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानी बस्ने ५८ वर्षीय शम्भु प्रसाद घिमिरेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

शम्भुले ती बालिकालाई गत जेठ ५ गतेदेखि पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!