युएईमा सडक दुर्घटनामा परी रुपन्देहीका युवाको ज्यान गयो

Posted on: 26 Jun, 2024

असार १२,  आबुधावी । युएईको आबुधावीमा सडक दुर्घटनामा परी रुपन्देहीका एक युवाको मृत्यु भाएको छ ।

आइतवार सार्वजनिक विदाको दिन राती आबुधावीको बनियास चाईन क्याम्प नजिक सडकमा बसको ठक्करबाट रुपन्देही गजेडी १ का ३५ वर्षीय तारानाथ चापागाईं को ज्यान गएको हो ।

चापागाईं पछिल्लो साढे दुई वर्ष यता आबुधावीमा रहेको सल्भ क्लिनिङ एलएलसी कम्पनीको इतिहाद रेल क्षेत्रमा सरसफाइ कामदारको रुपमा कार्यरत थिए ।


सार्वजनिक विदाको दिन आइतवार साथीभाइ बसेर रमाइलो गरेको र आफूहरु बसोबास गर्ने मजदुर क्याम्प फर्किनेबेला सडकमा बसले ठक्कर दिँदा चापगाईंको ज्यान गएको उनीसँगै काम गर्दै आएका सहकर्मीहरुले बताए ।

सडक दुर्घटनामा परेर नेपालीको ज्यान गएको विषय कम्पनीले आबुधावीमा रहेको नेपाली दुतावासलाई समेत जानकारी गराइसकेको र शब नेपाल लैजान दुतावासले अनुमति प्रदान गरिसकेको दुतावासले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको स्थानीय प्रशासनलाई उद्दृत गर्दै दुतावासले उल्लेख गरेको छ ।

सो दुर्घटनामा परी अन्य नेपालीको हताहती भएकोबारे दुतावासलाई मंगलवारसम्म अधिकारिक जानकारी नआएको युएईका लागि श्रम काउन्सिलर दिनबन्धु सुवेदीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!