पहिरोले घर पुरिंदा गुल्मीमा एकै परिवारका ४ जनाको मृत्यु, एक जना बेपत्ता

Posted on: 29 Jun, 2024

असार १५, गुल्मी । गुल्मीमा शुक्रबार रातिको अबिरल वर्षा कारण पहिरोले घर पुरिंदा एकै परिवारका ४ जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

गुल्मीको मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा ४ जनाको मृत्यु भएको प्रहरीले बताए | पहिरोले घर पुरेको शनिबार बिहान मात्रै थाहा भएको थियो ।

प्रहरीका अनुसार पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको छ भने पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता रहेको बताए । उनको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

घटनास्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली पुगेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!