झापा र चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

Posted on: 21 Jun, 2024

असार ७,  झापा । झापा गाउँपालिका-१ सालमारा झोलुङ्गे पुल बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ५ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमल रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

चितवन, राप्ती नगरपालिका-५ शिखरडाँडास्थित चेपाङ मार्गबाट अवैध लागूऔषध गाँजा १५ किलो ३ सय ग्रामसहित सोही नगरपालिका-११ आपपानी बस्ने ४८ वर्षीय मन लामा तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!