तेस्रो दिन पनि आईटी आर्मीको वैदेशिक रोजगार विभागमा धर्ना

Posted on: 18 Jun, 2024

असार ४, काठमाडौं । आम जनता पार्टी निकट आईटी आर्मीले वैदेशिक रोजगार विभागमा धर्ना दिने कार्यलाई जारी राखेको छ।  मंगलबार तेस्रो दिन पनि विभिन्न मागसहित आईटी आर्मीले विभागमा धर्ना दिएको हो । 

वैदेशिक रोजगारीमा जाने युवाहरूसँग बिना रसिद लिएको अवैध रकम फिर्ता गराउन दबाब दिने उद्देश्यका साथ धर्ना थालिएको  आईटी आर्मीले जनाएको छ । 


जसअनुसार विदेश जाने कामदारसँग अवैध ढङ्गले लिएको रकम फिर्ता गर्नुपर्ने, ठगीमा संलग्न म्यानपावर र एजेन्टलाई कारवाई गर्नुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगारी दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने जस्ता मागहरू आईटी आर्मीको छ । 

 वैदेशिक रोजगार विभागमा धर्ना एवं घेराउबाट सुरु भएको आन्दोलन माग पुरा नभएसम्म जारी रहने जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!