६० केजी सुन तस्करीको अनुसन्धान गर्ने क्रममा गुरुङ पक्राउ

Posted on: 17 Jun, 2024

असार ३,  काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब ६ केजी सुन र ४८ लाख रुपैयाँ नगदसहित तिब्बतीयन मुलका नेपाली नागरिक शेरब ग्याल्मो भन्ने सोनाम गुरुङलाई पक्राउ गरेको छ ।

३२ वर्षीय गुरुङ काठमाडौंको बौद्धस्थित तीनचुलीबाट आइतबार राति पक्राउ परेका हुन् । ब्रेक सुमार्फत भएको ६० केजी सुन तस्करीको अनुसन्धान गर्नेक्रममा गुरुङ पक्राउ परेको सीआईबीले जनाएको छ ।

सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार गुरुङको घरबाट उक्त नगद बरामद गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!