कप्तानीबारे के भन्छन् बाबर आजम ?

Posted on: 17 Jun, 2024

असार ३,  काठमाडौँ । पाकिस्तान आईसीसी टी २० विश्वकप २०२४ को समूह चरणबाट बाहिरिसकेको छ । अन्तिम खेलमा आयरल्यान्डमाथि सामान्य जितसँगै पाकिस्तानको विश्वकप यात्रा समाप्त भएको छ ।

पाकिस्तान सुपर ८ मा पुग्नबाट वञ्चित भएपछि कप्तान बाबर आजम आलोचना भइरहेको छ । धेरैले उनको राजीनामाको माग गरिरहेका छन् ।


पाकिस्तान टी–२० विश्वकपबाट बाहिरिएपछि बाबरले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा बाबरले भने, ‘खेलाडी, व्यवस्थापन, सबै दु:खी छन् । हामीले अपेक्षाअनुरूप खेल्न सकेनौं । हामीले क्षमताअनुसार खेल्न सकेनौं । टोलीका रूपमा हामीले राम्रो खेल्न सकेनौं । कुनै एक खेलाडीले हारेको होइन ।’

उनले यसअघि भने, ‘कहिले ब्याटिङमा राम्रो गर्यौं भने कहिले बलिङमा राम्रो गर्यौं । तपाईंले यहाँ पिच कस्तो थियो देख्नुभयो । यहाँको पिचले फास्ट बलरहरूलाई मद्दत गरिरहेको थियो तर, हाम्रो ब्याटिङले बुझ्न सकेन ।’

बाबरले कप्तानीको बारेमा पनि कुरा गरे । उनले भने, ‘पहिले पनि कप्तानी गर्न नपरोस् भन्ने लागेकोले त्यागेको थिएँ । पीसीबीले फिर्ता दियो । अब फर्किएर फेरि छलफल गर्छौं । जुन निर्णय हुन्छ, म स्वीकार्छु । निर्णय पीसीबीको हो ।’

समूह चरणमा पाकिस्तानले सुरूका दुई महत्वपूर्ण खेलमा हार व्यहोरेको थियो, त्यसपछि अन्तिम दुई खेलमा जित हात पारेपनि सुपर-८ को टिकट पाउन सकेन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!