मोटरसाइकल र टिपर आपसमा ठोक्किँदा २ जनाको मृत्यु

Posted on: 04 Jun, 2024

जेठ २२, उदयपुर | उदयपुरमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मंगलबार बिहान मदनभण्डारी लोकमार्गहुँदै गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आएको टिपर ठोक्किँदा दुर्घटना भएको हो । 

उदयपुरको त्रियुगा नगरपालिका- १ फुलजोरमा  गाईघाटबाट पूर्व बेल्टारतर्फ जाँदै गरेको प्र १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकल र  प्र. १–०२– ००१ ख ८५१४ नम्बरको टिपर एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार रामधुनी नगरपालिका सुनसरी घर भई त्रियुगा नगरपालिका ११ बस्ने ३०वर्षीय रविन श्रेष्ठ र त्रियुगा नगरपालिका ३ चाँपका २४ वर्षीय हिरा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए |

प्रहरीले घटनास्थलबाट टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!