सुर्खेतबाट कालीकोट जाँदै गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

Posted on: 30 May, 2024

जेठ १७, सुर्खेत । सुर्खेतबाट कालीकोट जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । बिहीबार बिहान २ बजेतिर भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो । 

प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिप बिहीबार बिहान दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै थाहा भएकाले यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । 

जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले अहिलेसम्म दुई शव संकलन गरेर सडकमा ल्याइएको र बाँकी दुई शव ल्याउने तयारी भइरहेको छ । बाँकीको खोजी कार्य पनि भइरहेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!