सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

Posted on: 13 May, 2024

बैशाख ३१, धनुषा। धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि तोडफोड गरिएको छ ।

लक्ष्मीनिया गाउँपालिका ५ बनिनियाका अमर यादवको २८ वर्षीया श्रीमती अनिता यादवको आज बिहान ९ बजे मृत्यु भएको हो ।     

                                                                           

सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

व्यथा सुरु भएपछि शनिवार मध्यरातमा अनितालाई अस्पताल लगिएको थियो । आइतबार करिब ११ बजे शल्यक्रिया मार्फत सुत्केरी गराइयो । बच्चा सकुशल छन् ।तर आमाको मृत्यु भएपछि उनका आफन्त आक्रोशित हुँदै तोडफोडमा उत्रेका थिए ।

मृतकका आफन्तले शल्यक्रिया गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनीहरू तोडफोडमा उत्रेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।

घटनापछि अस्पतालमा प्रहरी र जनप्रतिनिधि पुगेर छलफलको वातावरण बनाएपछि अवस्था सामान्य बनेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!