राप्रपाको प्रदर्शनमा झडप, निषेधित क्षेत्र तोडेपछि प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

Posted on: 09 Apr, 2024

चैत २७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ ।

भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले अवरोध गरेको हो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई रोकेको छ ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।  


गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाब सिर्जनाका लागि जनप्रदर्शन गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!