कैलालीमा एकै घरको दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

Posted on: 09 Apr, 2024

चैत २७, कैलाली । कैलालीमा दिदीबहिनी मृत फेला परेका छन्।

मंगलबार बिहान करिब ७ बजे घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित एक घरमा दुई जना मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदम बिष्टले जानकारी दिए।

घोडाघोडी नगरपालिका-१० थेबरका कलेशु चौधरीकी दुई छोरी २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा चौधरी रहेका छन्। 

उनका अनुसार प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषधि खाइरहेको पाइएको छ।

दुबै जनाले टिनले छाएको आफ्नै घरको सुत्ने कोठाको धुरीमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका बताएको छ।

एसपी बिष्टका अनुसार उक्त खबरपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!