इलाममा चुनाव लड्न रास्वपाले माग्यो 'एक मुठ्ठी दान'

Posted on: 08 Apr, 2024

चैत २६, काठमाडौँ । चुनाव लड्नका लागि सहयोग भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मुठ्ठी दान मागेको छ।

सोमबार रास्वपाले सामाजिक संजालमार्फत आगामी वैशाख १५ गते इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार मिलन लिम्बुलाई आर्थिक सहयोग मागेको हो। 

सहयोग गर्नेहरूका लागी रास्वपाले बैंक खातामार्फत  मुठ्ठी दान मागेको छ। 


‘एक थुकी सुकी सय थुकी नदी भनेझै यो यात्रामा जोडिने सम्पूर्ण मनकारी साथीहरूलाई धन्यवाद। के तपाईँले मुठ्ठीदान गर्नुभयो? जनताको यो निर्वाचन जनताको सहयोगबाट जनताकै लागि लड्नुपर्छ है’ भन्दै रास्वपाले उम्मेदवार लिम्बुकै एनआईसी एसिया बैंकमा रहेको व्यक्तिगत खातामा मुठ्ठी दान मागेको हो।

रास्वपाले आइतबार ६३ जनाले मुठ्ठी दान गरेको पनि जनाएको छ। 

'जनताको यो निर्वाचन जनताको सहयोगबाट जनताकै लागि लड्नुपर्छ है', रास्वपाले भनेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!