बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय गोदाममा आगलागी

Posted on: 08 Apr, 2024

चैत २६, काठमाडौँ । सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा आगलागी भएको छ ।

बलम्बुमा रहेको गोदाममा आगलागी हुँदा बन्दोबस्तीका सामान जलेका छन् ।


एपीएफ अस्पतालसँगै रहेको उक्त स्टोरमा सशस्त्रका लत्ताकपडा लगायत आवश्यक बन्दोबस्तीका सामान राखिएका हुन्छन् । हलचोकमा पुग्ने ठाउँ नभएकाले सामानहरू त्यहाँ राख्ने गरिएको थियो।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!