रौतहटमा पोखरीमा डुबेर १४ वर्षिया बालिकाको मृत्यु

Posted on: 08 Apr, 2024

चैत २६, रौतहट । रौतहटको बृन्दावन नगरपालिका– १ स्थित बिश्रामपुर गाउँमा पोखरीमा डुबेर सोमबार एक बालिकाको मृत्यु भएको छ । शसस्त्र प्रहरीको टोलीले बालिकालाई पोखरीबाट बाहिर निकालेको थियो ।

बिश्रामपुरका हुलास बैठाको छोरी १४ वर्षिया निरन्जनकुमारी बैठा नुहाउने क्रममा अचानक पानीमा डुबेर मृत्यु भएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।


बालीका डुबेको खबर पाउना साथ शसस्त्र प्रहरीको सन्तपुर बेशबाट शसस्त्र प्रहरी नायब निरिक्षक यमबहादुर वलीको टोली घटनास्थल पुगेर बालीकालाई पोखरीबाट बाहिर निकालेको शसस्त्र प्रहरी ११ नम्बर गणले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले बालिकालाई मृत अवस्थामा डुबेको ६ घण्टा पछि पोखरीबाट बहिर निकालेको थियो । घटटाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!