जनकपुरधाममा छुरा प्रहार गरी २० वर्षीय प्रिन्सकुमारको हत्या, दुई जना पक्राउ

Posted on: 08 Apr, 2024

चैत २६, काठमाडौँ । जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ। 

जनकपुरधाम उपमहानगरपालिका– ४ विश्वकर्मा चौकमा बस्ने महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षीय युवक प्रिन्सकुमार महासेठको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

स्थानीयका अनुसार अपरिचित व्यक्तिले लखेटी लखेटी महासेठमाथि छुरा प्रहार गरिएको थियो । छुराले रक्ताम्मे अवस्थामा लडेका महासेठलाई उपचारका लागि प्रादेशिक अस्पताल लगेपछि उनको मृत्यु भएको बताइएको छ ।

धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार युवकको हत्या आरोपमा दुई जनालाई पक्राउ गरी सोधपुछ भइरहेको छ। उनका अनुसार मृतक र पक्राउ परेकाहरु लागुऔषधको सेवनकर्ता रहेका छन्।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता अवाले जानकारी दिए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!