सुनसरीमा दुईपक्षबीच झडप, स्थीति नियन्त्रणका लागि प्रहरीद्वारा दर्जनौं हवाइ फायर

Posted on: 05 Apr, 2024

चैत २३,  इटहरी | सुनसरीमा दुईपक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ।

सुनसरीको हरिनगर गाउँपालिकाको भवनमा ठूलो संख्यामा उपस्थित भएको दुई समूहबीच आपसमा झडप भए पछि स्थीतिलाइ नियन्त्रण लिनका लागि  प्रहरीले हवाई फायर गरेको हो।

यसअघि सो क्षेत्रमा स्थानिय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो ।


गाउँपालिका भवन क्षेत्रमा २ हजार देखि २५ सय हाराहारीमा मानिसहरू जम्मा भएका छन्।

हाल सो क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी गरी ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले झडपको स्थीति र सम्भावित दुर्घटनालाइ नियन्त्रण लिनका लागि थप जनशक्ति परिचालन गरिने जानकारी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!