काठमाडौंका यी ठाउँमा भोलि साढे २ घण्टा विद्युत् आपूर्ति बन्द हुने

Posted on: 22 Mar, 2024

चैत ९, काठमाडौँ | भोली काठमाडौंका केही ठाउँमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत् आपूर्ति बन्द हुने सम्बन्धी सूचना निकालेको छ ।

सूचना अनुसार विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभागले टेकु सवस्टेसनमा १३२/११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई समानन्तर गर्नका लागि आपूर्ति बन्द गर्न लागेको हो ।
टेकु सवस्टेसनबाट आपूर्ति हुने थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भीमसेनस्थान, भोटेबहाल, लगन, सुनधारा, खिचापोखरी वसन्तपुर लगायतका स्थानहरूमा भोलि बिहान ११ः०० बजेदेखि दिउसो ०१ः३० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।
काम चाँडै सम्पन्न भएमा तोकिएको समय अगावै लाइन सुचारु हुन सक्नेछ समेत प्राधिकरणले सूचनामा लेखेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!