मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

Posted on: 20 Mar, 2024

चैत ७, विराटनगर | मोरङको बेलबारीमा एक श्रीमानले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् ।

मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले श्रीमतीको हत्यापछि आत्महत्या गरेका हुन् । बमबहादुरले छोरालाई पनि आक्रमण गर्न खोजेको र छोराले भागेर ज्यान बचाएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताए ।

मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आए लगतै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो | भने गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगतै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!