नेपाल र आयरल्याण्डबीचको वान डे र टि-२० खेल तालिका सार्वजनिक

Posted on: 15 Mar, 2024

चैत २, काठमाडौँ | नेपाल र आयरल्याण्डबीचको खेल तालिका सार्वजनिक गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आयरल्याण्ड वल्भ्सको आगामी नेपाली भ्रमणको तालिका सार्वजनिक गरेको हो। आयरल्याण्डले नेपालमा कुल ८ खेल खेल्नेछ।

आयरल्याण्डले नेपालमा ३ फरक सिरिज खेल्नेछ। पहिलो सिरिजमा नेपाली राष्ट्रिय टोली र आयरल्याण्डबीच मार्च २५ र २६ मा दुईवटा टी–२० खेल हुनेछ।

यसपश्चात आयरल्याण्डले बाँकी खेलमा नेपाल ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो टी–२० सिरिजमा नेपाल ए र आयरल्याण्डबीच ३ वटा खेल हुनेछन्। नेपाल ए र आयरल्याण्डबीच मार्च २८, मार्च २९ र मार्च ३१ मा प्रतिस्पर्धा हुनेछ ।

अन्तिम सिरिजमा भने नेपाल ए र आयरल्याण्डबीच ३ खेलको एकदिवसीय सिरिज हुनेछ। पहिलो खेल ३ अप्रिल, दोस्रो ५ अप्रिल र तेस्रो ७ अप्रिलमा हुनेछ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!