प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

Posted on: 12 Mar, 2024

फागुन २९, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले सबैलाई संसद्मा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो ।


रास्वापाका २१ जना सांसद रहेका छन् । ती मध्ये अहिले ४ जना मन्त्री छन् । प्रधानमन्त्रीले बुधवार विश्वासको मत लिने तयारी गरेका छन् ।

यता नेपाली कांग्रेसले भने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!