पारस खड्का नेतृत्वको टीमले जित्यो लिजेन्ड कप टी-१० क्रिकेटको उपाधि

Posted on: 11 Mar, 2024

फागुन २८, काठमाडौँ | लिजेन्ड कप टी(१० क्रिकेटको उपाधि सन् २०१४ को टी-२० विश्वकप टोलीले जितेको छ ।

फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै पारस खड्का नेतृत्वको टोलीले उपाधि जितेको हो ।

टी-२० विश्वकप टोलीले दिएको १०२ रनको लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ८४ रनमात्र बनाउन सक्यो ।


रेस्ट अफ नेपालका लागि युनिल श्रेष्ठले १८ र सीता रानामगरले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा टी-२० विश्वकप टोलीका स्यामसुङ जङ थापाले ४, शक्ति गौचन र बद्री पङ्गेनीले २-२ विकेट लिए ।

रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको टी-२० विश्वकप टोलीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।

टी-२० विश्वकप टोली कप्तान पारस खड्काले विस्फाेटक इनिङ खेलेका थिए । उनी रेस्ट अफ नेपालविरुद्ध १२ बलमा ३९ रन बनाएर आउट भएका हुन् । वीरेन्द्र शाहले २९ र प्रफुल्ल वैद्यले १३ रनको योगदान दिए ।

बलिङमा रेस्ट अफ नेपालका लाक्पा लामाले ४, राजकुमार प्रधान र दीपेन्द्र चौधरीले एकएक विकेट लिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!