कर्णाली पुलमा गुडिरहेकाे ट्रकमा आगलागी, पुलका केही लठ्ठामा क्षति

Posted on: 11 Mar, 2024

फागुन २८, काठमाडौँ | बर्दिया र कैलाली जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जल्नुका साथै पुलका केही लठ्ठामा समेत क्षति पुगेकाे छ। 


सोमबार दिउँसो वीरगंजबाट महेन्द्रनगर जाँदै गरेको ना पा ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासी आगलागी भएको थियो। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्की–चुहा नगरपालिकाको दमकल मगाएर आगो नियन्त्रण लिने प्रयास भइरहेको छ। आगो लाग्नुको कारण भने खुलेको छैन। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!