लिजेन्ड कप उपाधि जित्न रेस्ट अफ नेपाललाई टी-२० विश्वकप टोलीले दियो १०२ रनको लक्ष्य

Posted on: 11 Mar, 2024

फागुन २८, काठमाडौँ | लिजेन्ड कप टी-१० क्रिकेटको फाइनल खेलमा सन् २०१४ को टी-२० विश्वकप टोलीले रेस्ट अफ नेपालसामु १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको टी-२० विश्वकप टोलीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको हो ।

टी-२० विश्वकप टोली कप्तान पारस खड्काले विस्फाेटक इनिङ खेले । उनले रेस्ट अफ नेपालविरुद्ध १२ बलमा ३९ रन बनाएर आउट भएका हुन् । वीरेन्द्र शाहले २९ र प्रफुल्ल वैद्यले १३ रनको योगदान दिए ।

बलिङमा रेस्ट अफ नेपालका लाक्पा लामाले ४, राजकुमार प्रधान र दीपेन्द्र चौधरीले एकएक विकेट लिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!