पूजामाथि समीक्षाको कटाक्ष भनिन्: फाइदाका लागि फेरि उतै तिर चाकडी गर्दैछौ ‘बहुरुपी औरत’

Posted on: 06 Mar, 2024

फागुन २३, काठमाडौँ | गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जलबाट नायिका पूजा शर्मामाथि तीव्र कटाक्ष गरेकी छन् । उनले पूजालाई ‘बहुरूपी औरत’ को संज्ञासमेत दिइन् ।

समीक्षाले लेखेकी छन्

‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ ।

हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ ।

आज फेरि आफ्नो फाइदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ ।

बहुरूपी औरत ।’

पल शाह जेल पर्दा पूजा शर्माले निर्माण गरेको फिल्म म यस्तो गीत गाउँछु २ रिलिज भएको थियो । त्यसबेला हल–हलमा पुगेर पुजाले रुवावासी गरेकी थिइन् । उनले पलको पक्षमा निकै बयानवाजीहरु पनि गरिन् ।

पल जेलबाट निस्केपछि भने पूजा उनीसँग चिढिइन् । पलले आफूलाई भाउ नदिएको भन्दै उनी असन्तुष्ट बनेकी थिइन् । पल शाहसँग टाढिएपछि उनी समीक्षासँग नजिकिइन् । उनले समीक्षासँग थुप्रै टिकटक भिडियो पनि बनाइन् ।

अहिले फेरि पल र पूजाको मिलन भएको छ । पूजा पलको बखान गर्दै हिँड्न थालेकी छ्न् । यसैलाई लिएर समीक्षाले बोल्ड स्टेटमेन्ट दिएकी हुन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!