त्रिशुलीमा बस खस्यो : ६ यात्रुको मृत्यु, ३७ जनाको जिवितै उद्धार

Posted on: 06 Mar, 2024

फागुन २३, काठमाडौं | लुम्बिनीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् । 

काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस आज बिहान धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा खसेको प्रहरीले जनाएको हो। 

उद्दारका लागि सशस्त्र प्रहरीबलको टोली घटनास्थल पुगिसकेको छ। टोलीले ३७ जनाको जिवितै उद्धार गरेको छ। उनीहरूलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। 

उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २०  जनाको टोली खटिएको प्रहरीले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!