मोरङ किशोरी हत्या,भारत छिराउने प्रयासमा पहिला नै पक्राउ परेका थिए चौधरी

Posted on: 05 Mar, 2024

फागुन २२, मोरङ | मोरङको पथरीशनिश्चरे—७  स्थित लामाटोलीमा सोमबार राति १५ बर्षिय बालिका हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

राति करिव १० बजे सन्जना भन्ने १५ बर्षिया ज्ञानमति थुलुङ राईको हत्या धारिलो हतियारले घाँटी र पातामा प्रहार गरी विभत्स हत्या गरेका थिए । राई शौचालय गएको मौका पारेर खुकुरी प्रहार गरेर अभियुक्त फरार भएका थिए ।

खुकुरी प्रहारबाट किशोरीको गर्धनको आधा भागसम्म काटिनुको साथै दाहिने, देव्रे पाता र अनुहार गरी चार वटा ठूलाठूला चोट हुने गरी खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट किशोरीको गालाको भागहरु र कपाल छिनेर भुँईमा खसेको अवस्थामा भेटिएको थियो ।

ज्ञानमतिको शव पोष्टमार्टमको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । खोटाङबाट परिवार आएपछि पोष्टमार्टम गरिने बताइएको छ । जेठि पटीको दाजु सोमकुमार राई भने हिजै आएका छन् । 


प्रहरीले मोरङ ग्रामथान—४ का ३८ बर्षिय धिरेन्द्र चौधरीलाई पक्राउ गरेको छ । किशोरीको विभत्स हत्या भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख एसपी नवीन कार्कीको टोली राति नै घट्ना स्थल पुगेर विहान ३ बजेसम्म अनुसन्धानमा खटिएका थिए । 

ज्ञानमति राई खोटाङ ऐसेलुखर्क—६ सल्लेकी हुन् । बाबुको मृत्युपछि मामाको छोरी र पछि छोराको घरमा बसेर कक्षा ७ मा पढ्दै थिइन । मामाको छोरा बिनोद राईको घर, दोकानमा सघाउँदै पथरीको पञ्चायत माविमा अध्ययन गर्दै आएकी थिइन् । 

प्रहरी नियन्त्रणमा रहेका धिरेन्द्र चौधरी भूपू प्रहरी समेत रहेको बुझिएको छ ।

चौधरीले गत असारमा ज्ञानमति राईलाई बिहे गरेको भन्दै भारत छिराउने क्रममा जोगवनीबाट माइति नेपालले पक्रेको थियो । 

गत असार १३ गते चौधरी र राईलाई नाकामा पक्रेर आफन्तलाई जिम्मा लगाएका थिए ।

ज्ञानमतिसँग मोबाइल फोन नभएपनि आफन्तहरुको नम्बर पत्ता लगाएर फोन गर्दै कुरा गर्न खोज्ने, बोलाइ माग्ने गर्दै आएका थिए । ज्ञानमतिको फोटोहरु राखेर फेसबुक आइडी पनि चौधरीले खोलेर चलाउने गरेको पीडित परिवारले जनाएको छ । 

ज्ञानमति जोगवनीबाट फर्काएपछि धिरेन्द्र चौधरीले आफूलाई मगर र विवाह नभएको भनेर ढाँटेको बताएका थिए । यद्यपि चौधरी श्रीमती छाोराछोरीको बाउ हुन् । 

घट्ना क्रमसँगै ज्ञानमतिको हत्यापछि प्रहरीको अनुसन्धान चौधरीतिर केन्द्रीत भएको थियो । घट्ना नजिकै खुकुरीको दाप फेला पर्नुको साथै संकास्पद व्यक्तिको खुट्टाको पाइलाहरु सुरक्षित गरेर अनुसन्धान गरेका थिए । 

घट्ना भएको केही बेरमै इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर शुसिल पाण्डे, शसस्त्र लगायत प्रहरी टोली घट्ना स्थल पुगेर कुकुरसमेत लगाएर अनुसन्धान सुरु गरेका थिए । पक्राउ परेको चौधरीले घट्ना स्वीकार गरेको समेत प्रहरीले श्रोतले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!