मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्रका डीएसपीको सुसाइड नोट फेला

Posted on: 05 Mar, 2024

फागुन २२, मोरङ | मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइने भएको छ ।

पाल्पाबाट परिवारका सदस्य आइपुगेपछि प्रहरीले बस्यालको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको मोरङ प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिए ।


घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय रंगेलीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ । इलाका प्रहरी कार्यालय स्रोतका अनुसार बस्यालले सुसाइड नोटमा राजीखुसीले निर्णय लिएको र कसैलाई दोष नलगाउन भनेका छन् ।

पाल्पा स्थायी घर भएका ३८ वर्षीय बस्याल क्वार्टरको भान्सामा दिउँसो झुन्डिएको अवस्थामा फेला परेका थिए । उनी धनपालथान गाउँपालिका- ३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग मोरङको गुल्मपति थिए ।

मृतक बस्यालका श्रीमती र एक सन्तान छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!