कांग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।आज बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षीमा बस्ने कांग्रेसले जनाएको छ । आज दिउँसो सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने बैठकले सो बारेमा निर्णय लिनेछ ।


सोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको पुरानो गठबन्धन तोड्दै एमालेसहितको नयाँ समीकरण बनाएपछि कांग्रेस रुष्ट बनेको छ ।

सोमबार प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी र रास्वपाबाट एक—एक जनालाई विना विभागीय मन्त्री बनाएका छन् । माओवादीले गठबन्धन बदलेपछि कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म आफ्नो रणनीति बनाउने भएको छ । माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र माओवादीका मन्त्री बर्खास्त गर्ने नीति लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!