युपीका मुख्यमन्त्री योगी बने सबैभन्दा लोकप्रिय मुख्यमन्त्री

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | एक सर्वेका अनुसार भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ हिन्दुत्वले मात्र होइन अर्को कुन कारणले भारतमा सबभन्दा लोकप्रिय मुख्यमन्त्री बनेका छन्। 

उत्तर प्रदेशका मुख्यमन्त्री योगीको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ । लोकसभा निर्वाचन २०२४ मा युपीका मुख्यमन्त्री योगी आफ्नो काम गर्ने स्टाइलको कारण पनि देशभरिमा चर्चामा रहन्छन्।

उनको लोकप्रियता स्वीकार्यता लागि गरिएको एउटा सर्वेअनुसार उनी देशकै मुख्यमन्त्रीहरुमा लोकप्रिय ठहर भएका हुन् । उनको लगातार लोकप्रियता बढेको बढ्यै छ । गत फेब्रुअरीमा भएको सर्वेमा उनलाई ४६.३ प्रतिशत मानिसले बेस्ट सिएम बताए । 


यसरी प्रश्न उठ्न स्वाभाविक छ की किन उनको लगातार लोकप्रियता बढेको होला । यसै विषयमा मेटराइजले जी न्युजको लागि सर्वे गरेको थियो । उक्त सर्वेमा ४४ प्रतिशत मानिसले उनको लोकप्रियता कानुनी व्यवस्थाको कारण, ५ प्रतिशतले राष्ट्रवाद, २८ प्रतिशतले छवि व्यक्तित्व राम्रो भएको कारण र २ प्रतिशतले अन्य कारण बताएका थिए ।  

भारतका राजनेताहरू मध्ये प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित साहभन्दा भने उनी पछि छन् । एक्समा मुख्यमन्त्री योगी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र कांग्रेस नेता राहुल गान्धी भन्दा अगाडि रहेका छन् । योगीको फलोअर्स २७.४ मिलियन, केजरीवालको २७.३ मिलियन, गान्धीको २४.८ मिलियन र अखिलेश यादवको मात्र १९.१ मिलियन फलोअर्स रहेका छन् । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!