नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर १ करोड ३७ लाख चोरी गर्ने बैंकका कर्मचारी पक्राउ

Posted on: 20 Feb, 2024

फागुन ८, विरगञ्ज | प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनिष्ट सहायक रोहित कुमार ओझा छन् ।

नक्कली ‘कनेक्ट आइपिएस’  बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको आरोप छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ३७ लाख ८६ हजार रकम नक्कली ‘कनेक्ट आइपिएस’  बनाएर चोरी गरेको भेटिएको सिआईबीका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले बताए ।

आरोपीबरुद्ध ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!