कञ्चनपुरमा माओवादीका नेता भट्ट पक्राउ

Posted on: 14 Feb, 2024

फागुन २, कञ्चनपुर | कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्टलाई प्रहरीले गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

बुधबार विद्युतीय कारोबार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए । भट्ट माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत हुन् ।

विद्युतीय कारोबार सम्बन्धी मुद्दामा अहिले सम्म ६ जना पक्राउ परिसकेका छन् । चार जनाको म्याद थप गरिसकिएको छ ।

शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई पनि पक्राउ गरेको थियो । त्यस यता प्रहरी सामाजिक सञ्जालमा आपत्तिजनक स्ट्याटस राख्ने र कमेन्ट गर्ने गरेको भन्दै धमाधम पक्राउ गरिरहेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!