वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या

Posted on: 13 Feb, 2024

फागुन १, काठमाडौँ | वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या आएको छ । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा समस्या आएको हो ।

बोर्ड सचिवालयको सफ्टवेयर fewims.feb.gov.np को सर्भरमा केहि दिनदेखि समस्या आएको छ । सफ्टवेयरमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका छन् ।

उक्त सर्भरको मर्मतको काम भइरहेकोले पुनः सुचारु गर्न अझै केही दिन समय लाग्ने बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता टिकाराम ढकालले सफ्टवेयरमा समस्या आउँदा सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता वितरणमा केही दिन अवरुद्ध हुने बताए ।

इमेलमार्फत वा भौतिक रुपमा उपस्थित भएर निवेदन भने दिन सकिने उनको भनाइ छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!