रौतहटमा ओलीलाई १०१ किलोको माला

Posted on: 08 Feb, 2024

माघ २५, रौतहट | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ ।


एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् ।

एमालेको रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन बिहीबार नै ओलीले उद्घाटन गर्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!