सम्पति शुद्धीकरणसम्बन्धी विधेयक पारित

Posted on: 07 Feb, 2024

माघ २४, काठमाडौँ | सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकले  उक्त  विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले पारित गर्नुअघि विधेयकमाथि कानुन समितिमा दफाबार छलफल भएको थियो ।

गत २४ असोजमा समितिले पारित गरेको ९ बुँदे प्रतिवेदनलाई समेत प्रतिनिधिसभाले विधेयकको अंग बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!