चितवनमा खाना अड्किएर एक जनाको मत्यु

Posted on: 07 Feb, 2024

माघ २४, चितवन | चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ |

मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् । 

कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!