आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी भुपाल बराललाई

Posted on: 03 Feb, 2024

माघ २०, काठमाडौं | आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी भुपाल बराललाई दिइएको छ । 

महानिर्देशकको जिम्मेवारी दिँदै सहसचिव बराललाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको बताइएको छ । 

अर्थमन्त्री प्रकाशशरण महतले शुक्रबारबाट लागू हुनेगरि जिम्मेवारी दिएको अर्थ मन्त्रालय सचिवालयले जनाएको छ । 

यसअघिका महानिर्देशक दीर्घराज मैनालीलाई अर्थ मन्त्रालय पठाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!