जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

Posted on: 02 Feb, 2024

माघ १९, काठमाडौँ | काठमाडौं महानगरपालिका-२६ रानिबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका बस्ने नुवाकोट भर भएका ६० वर्षीय मधु प्रसाद सिटौला समेत १७ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ७ सय १० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!