मिनी ट्रक दुर्घटना हुँदा २ जना मृत्यु

Posted on: 22 Jan, 2024

माघ ८, तनहुँ | तनहुँमा मिनी ट्रक दुर्घटना हुँदा २ जना मृत्यु भएको छ ।  दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक देवघाट गाउँपालिका– २ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गएराति सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा देवघाट– ३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिए । दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल लगिएकोमा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!