कोदालो र खुर्पा प्रहार गरि एक व्यक्तिले गरे गर्भवती श्रीमतीको हत्या

Posted on: 21 Jan, 2024

माघ ७, चितवन | नवलपुरमा एक व्यक्तिले कोदालो र खुर्पा प्रहार गरेर गर्भवती श्रीमतीको हत्या गरेका छन् ।  हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान १ बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।

प्रहरीका अनुसार चनिसरा ८ महिनाकी गर्भवती थिइन् । श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ ।

हत्या गर्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!