पञ्चपुरी घटना : छोराको हत्या र छोरीको बलात्कार आरोप लागेका बुबा टिकापुरबाट पक्राउ

Posted on: 18 Jan, 2024

माघ ४, सुर्खेत | सुर्खेतको पञ्चपुरी नगरपालिका –६, कुवापानीका १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा ४५ बर्षीय नयाराम बुढा पक्राउ परेका छन् ।

प्रहरीले बिहीबार बिहान १० बजे उनलाई  टिकापुर–१,  लम्किपुर भन्ने ठाउँबाट पक्राउ गरेको हो । उनलाई १८ वर्षीय छोरा भरत बुढाको बन्चरो प्रहार गरी हत्या गरेको र आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

उनलाई टिकापुर कैलालीबाट सुर्खेत ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए । 

घटना घटेको दिन देखिनै सम्बन्धित नाकाहरुमा प्रहरीलाई खटाइसकिएको थियो । लम्कीपुरमा उनी साडुदाईको घरमा बसिरहेका थिए । त्यहीँबाट उनी भारतर्फ जाने तयारी गरिरहेका थिए ।

बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबा विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएका थिए ।

प्रहरी अधिकृतका अनुसार भारतमा काम गरिरहेका बुबाले घरमा आई मामा घरमा रहेकी छोरीलाई बोलाई बलात्कार गरेका थिए । बहिनीले दाइलाई भनेपछि दाइले प्रहरीमा जाहेरी दिएका थिए । लात्कारको जाहेरी परेपछि कान्छी उनी श्रीमती लिएर भारत गएका थिए । 

आफूविरुद्ध जाहेरी दिएको भन्दै रिस साँध्न बाबुले नै छोराको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । भारतमा रहेका उनी घटना घट्नुको केही दिनअघि मात्रै नेपाल आएका थिए ।  घटना बाबुले नै घटाएको भन्दै बुधवार मृतकका काकाले जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यानसम्बन्धी जाहेरी समेत दर्ता गराएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!