त्रिशूलीमा खसेको जीप नदीबाट निकालियो, भटिएनन् चालक वा यात्रु

Posted on: 16 Jan, 2024

माघ २, चितवन | त्रिशूली नदीमा खसेको भारतीय नम्बरप्लेटको जीप नदीबाट निकालिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुल नजिकबाट आज बिहान जीप त्रिशूलीमा खसेको थियो ।

आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।

‘जीपमा मान्छे थिए वा थिएनन् वा के भएको हो भन्नेबारे यकिन गर्न सकिएको छैन,’ डिएसपी भण्डारीले  भने ।  उनका अनुसार त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय  कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएको थियो | गोताखोरको टोलीले जीप पानीभित्र जीप निकालेको प्रहरीले बताए | त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!