गोताखोरले त्रिशूलीमा फेला पर्यो भारतीय नम्बर प्लेटको गाडी

Posted on: 16 Jan, 2024

माघ २, चितवन | त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप फेला परेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।

आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । जीप सडकबाट करिब ८५ मिटर तल खसेको हो । 

त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ । स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो । 

केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!