वनभोजका लागि बर्दियाबाट दाङ जादै गरेको बस दुर्घटना

Posted on: 31 Dec, 2023

पुस १५, काठमाडौं | बर्दियाबाट वनभोजका लागि दाङ जादै गरेको यात्रु वाहक बस दुर्घटना भएको छ ।

बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका-३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आएको भे १ ख २०४१ नम्बरको बस अमेलिया-तुलसिपुर सडकखण्डको दमारगाउँमा आज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!