विद्यालयबाट घर फर्कँदै गरेकी किशोरी बलात्कृत, २२ वर्षीय युवक पक्राउ

Posted on: 21 Dec, 2023

पुस ५, रामेछाप | रामेछापको लिखु तामाकोशी गाउँपालिकामा १७ वर्षीया किशोरी बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन्।

विद्यालयबाट घर फर्कँदै गरेकी लिखु तामाकोशी– ६ खिम्तीकी किशोरीलाई बलात्कार गरेको अभियोगमा  सोही स्थानका २२ अम्बरबहादुर कडरिया पक्राउ परेका हुन्।

कडेरियाले यही पुस ३ गते मंगलबार दिउँसो २ बजेको समयमा खिम्तीको डल्ले चौताराको सामुदायिक जंगल हुँदै घर फर्कँदै गरेकी किशोरीलाई बजर्जस्ती करणी गरेर फरार भएका थिए।

घटनापछि घाइते अवस्थामा घर पुगेकी किशोरीले परिवारका सदस्यलाई घटनाबारे जानकारी गराएपछि परिवारले मंगलबार नै जिल्ला प्रहरी कार्यालय रामेछापमा जबर्जस्ती करणी उद्योगमा किटानी जाहेरी दर्ता गराएका थिए।

जाहेरीपछि फरार रहेका कडेरियालाई प्रहरीले बुधबार पक्राउ गरेको हो। उनलाई रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!