पेट्रोल चोरी गर्दा मोटरसाइकलमा आगलागी

Posted on: 19 Dec, 2023

पुस ३, सुर्खेत | सुर्खेतमा मोटरसाइकलबाट पेट्राोल चोरी गर्न खोज्दा आगलागी भएको छ । भेरीगंगा नगरपालिका-४ हर्य बस्ने २८ वर्षीय क्षितिज श्रेष्ठको भे.१० प ८६०८ नम्बरको मोटरसाइकलमा मंगलबार बिहान आगलागी हुँदा मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको हो । 

आफ्नै घर बाहिर पार्किङ गरी राखेको मोटरसाइकलबाट सोही ठाउँ बस्ने १९ वर्षीय कमल शाही र २४ वर्षीय पुरन बुढामगरले पाईपबाट पेट्रोल चोरी गरी पुन: जोड्न लाइटर बालेर पाइप तताउने क्रममा मोटरसाइकलमा आगलागी भएको बताइएको छ । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!